Rule 145
परीक्षा सञ्चालन
: (१) यस नियमावली बमोजिम दिइएको तालीम समाप्त भएपछि परीक्षा लिनको लागि सशस्त्र प्रहरी महानिरीक्षक वा निजले तोकेको राजपत्राङ्कित सशस्त्र प्रहरी अधिकृतले परीक्षा सञ्चालन समितिको गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित समितिलाई परीक्षा सञ्चालन गर्ने लगायतका तालीमको नतिजा प्रकाशन गर्ने सम्बन्धी सम्पूर्ण अधिकार हुनेछ ।
(३) उपनियम (१) बमोजिम गठित समितिले तालीम केन्द्रका अधिकृतलाई जुनसुकै स्थानमा गई परीक्षा लिनको लागि खटाउन सक्नेछ ।
(४) सशस्त्र प्रहरी आधारभूत वा प्राविधिक तालीममा असफल हुने प्रशिक्षार्थीलाई पुन एकपटक तालीममा सहभागी हुने मौका दिइनेछ र त्यसमा पनि असफल भएमा निजको नियुक्ति बदर गरिनेछ ।